Saturday, February 27, 2016

सराङकोटमा प्याराग्लाइडिङ प्रिवल्र्डकप सुरु

पोखरा, १५ फागुन । नेपाल हवाई खेलकुद संस्थाको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आजदेखि पोखराको सराङकोटमा प्याराग्लाइडिङ प्रिवल्र्डकप सुरु भएको छ ।

खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले आयोजित सो प्रतियोगितामा २५ राष्ट्रका १०० प्याराग्लाइडिङ पाइलटको सहभागिता छ ।

प्रतियोगितामा विजयी चालकलाई नगद पुरस्कारबाट समेत पुरस्कृत गरिने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ चालकले पोखराको सराङकोटबाट खेल सुरु गरी फेवातालको किनार खपौदीमा अवतरण गर्नेछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts