Wednesday, February 17, 2016

फागुनभित्र सीमाङ्कन टुङ्ग्याइनुपर्ने

विराटनगर, ५ फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फागुन महिनाभित्रै सीमाङ्कनको मुद्दा टुङ्ग्याएर देशलाई निकास दिनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले सीमाङ्कन समस्या समाधान गर्न मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर सरकारका लागि सहज अवस्था निर्माण गरेको जानकारी दिनुभयो । अध्यक्ष महतोले मोर्चाको कार्यदललाई नै राजनीतिक संयन्त्रको रुप दिनुपर्ने अडान व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष महतोले मधेस आन्दोलनको लक्ष्य प्राप्ति नभएसम्म मोर्चाका कुनै पनि सदस्य सरकारमा सहभागी नहुने दाबीसमेत गर्नुभयो ।

उहाँले संयन्त्रको निर्माण गर्नुअगावै सरकारले आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, घाइतेलाई निःशुल्क उपचार र धडपकड बन्द गर्नुपर्ने माग गर्नुभयो । फागुन महिनाभित्र समस्याको समाधान नभए चैत÷वैशाखबाट निर्णायक आन्दोलनको घोषणा गर्ने उहाँको भनाइ थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts