Friday, March 11, 2016

राजधानीमा पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ, २८ फागुन । नयाँबानेश्वर चोकबाट पेस्तोलसहित आज एक युवक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्मुन्नकुमार कार्कीका अनुसार रामेछाप घर भएका २८ वर्षीय सुमन खड्का एक थान पेस्तोल र नौ एमएमको दुई थान बुलेटसहित आज पक्राउ परेका हुन् ।

उहाँले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts