हुम्ला, १ चैत । यहाँबाट ४४ कोष टाढा दक्षिणी भेगमा पर्ने श्रीनगर गाविसका छन्त बुढा, नन्द बुढा र रिमीलाल बुढा तीनैजनाको तीनतले घरमा आइतबार आगलागी भएको छ ।
अचानक आगलागी हुँदा लत्ताकपडा, भाँडाकुँडा, लिउ, फेरुवा, अन्नबाली सबै नष्ट भएको छ । आगलागीबाट गोठमा रहेका ७० भेडाबाख्रा पनि मरेका छन् ।
श्रीनगर प्रहरी चौकीले तत्काल उद्धार गरेको कुरा जिल्ला प्रहरी कार्यालय, सिमीकोटका निमित्त प्रहरी नायब उपरीक्षक औँप्रसाद यादवले जानकारी दिनुभयो ।
माछा मार्ने क्रममा कर्णालीमा बेपत्ता
हुम्लाको दक्षिणी भेगमा पर्ने जैर गाविस–१५ का धनबहादुर लोहार माछा मार्न जाली तान्ने क्रममा चिप्लिएर कर्णाली नदीमा बेपत्ता भएका छन् । रासस
No comments:
Post a Comment