Monday, March 14, 2016

निर्वाचित २५ केसमा एक मात्र महिला

काठमाडौँ, १ चैत । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका सिलसिलामा भएको खुला २५ केन्द्रीय सदस्यको निर्वाचनमा एक महिला मात्र विजयी भएको छ ।

आज दिउँसो सम्पन्न मत परिणामअनुसार एक हजार ६१९ मत प्राप्त गरी खुलातर्फ सुजाता कोइराला विजयी हुनुभएको हो । निर्वाचित २५ खुला केन्द्रीय सदस्यमा उहाँ १५औँ स्थानमा हुनुहुन्छ । पार्टीको १२औँ महाधिवेशनमा पनि उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts