काठमाडौँ, २९ फागुन । प्रकृतिप्रेमी कवि डा नारायणी तिवारीको ‘जुनसँग मेरा कुरा’ कविता सङ्ग्रहको आज विमोचन गरिएको छ ।
चिती सेवा समाजले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण, तथा पुस्तक विमोचन समारोहको अवसर पारेर डा तिवारीको सो कविता सङ्ग्रहको विमोचन गरिएको हो ।
कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले डा तिवारीको कविता सङ्ग्रहले नेपाली साहित्यमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले तिवारीका कविता प्रकृति झल्काउने खालको रहेको बताउनुभयो ।
पूर्व शिक्षामन्त्री एवम् वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले डा तिवारीको कविता सङ्ग्रहले देश, विदेशको भावनालाई झल्काएको उल्लेख गर्नुभयो ।
समाजले लमजुङको चिती गाविसमा रहेका दुई विद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ठ अङ्क ल्याउने दुई जना छात्रछात्रालाई नगद रु पाँच हजार पाँचबाट सम्मान गरेको थियो । रासस
No comments:
Post a Comment