Wednesday, March 2, 2016

लसुनको मूल्य वृद्धि

lasunकाठमाडौ, १९ फागुन। काठमाडौँको बजारमा सुकेको लसुनको मूल्य अत्यधिकरुपमा वृद्धि भएको छ ।

मूल्य वृद्धि भएपछि उपभोक्ता प्रभावित भएका छन् । करिब ६ महिना अघि प्रतिकिलो रु १५० मा पाइने लसुनको मूल्य हाल रु ३२५ पुगेको छ । असन, जमल, गङ्गबु, मरु आदि क्षेत्रमा लसुनको मूल्य पसलैपिच्छे फरक÷फरक रहेको पाइएको छ । खुद्रा रुपमा खरिद गर्दा लसुन प्रति पाउ रु ६० देखि रु ८० सम्म पर्छ ।

असनमा किनमेलका लागि आएका कर्णबहादुर बुढाले भन्नुभयो “सरकारले जनताको दैनिक जीवनमा आवश्यकपर्ने खाद्य वस्तुको भाउ नियन्त्रणतर्फ ध्यान नदिँदा मारमा परेका छौँ ।” मूल्य वृद्धिले सुनदेखि नुनसम्म गरिबको पहँुचभन्दा बाहिर गएको उहाँको भनाइ छ ।

अर्की उपभोक्ता कमला शर्मा मूल्य वृद्धिले मजदुर वर्ग मारमा परेको बताउनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts