Thursday, March 10, 2016

बालिका सम्मेलन चैतमा

काठमाडौँ, २७ फागुन । बालविवाह, कलिलो उमेरमा हुने विवाह र जबर्जस्ती हुने विवाहलाई निरूत्साहन गर्न काठमाडौँमा आगामी चैतमा राष्ट्रियस्तरको बालिका सम्मेलन हुने भएको छ ।

चैत १० गते हुने सम्मेलनलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आयोजना गर्दैछ । सम्मेलनमा बालबालिका, किशोरकिशोरी, युवा, समुदायका अगुवा, धार्मिक अगुवा, सरकारी तथा अन्तर्राष्ट्रियस्तरका व्यक्ति, विज्ञ तथा लैङ्गिक समानता, बालबालिका तथा किशोरकिशोरीको अधिकार एवम् सशक्तीकरणका क्षेत्रका व्यक्तिको सहभागिता रहने मन्त्रालयका उपसचिव डा किरण रूपाखेतीले जानकारी दिनुभयो ।

नेपालमा अनुमानित १३ लाखभन्दा बढी १० देखि १९ वर्षसम्मका किशोरी बालविवाह हुने जोखिममा छन् । पन्ध्रदेखि १९ वर्षसम्मका २४.५ प्रतिशत महिला हाल विवाहित छन् । बिसदेखि ४९ वर्षसम्मका ४८.५ प्रतिशत महिलाको १८औँ जन्मदिन नपुग्दै विवाह हुने गरेको मन्त्रालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts