Thursday, March 10, 2016

हतियारसहित छ जना पक्राउ

मलेखु (धादिङ), २७ फागुन । नलाङ गाविसबाट तीन थान अवैध भरुवा बन्दुकसहित छ जनालाई आज प्रहरीेले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सवीन प्रधानका अनुसार पक्राउ पर्नेमा नलाङ–९ का झलकबहादुर घले, कुम्पुर–१ का आशिष घले, सोही ठाँउका किशोर घले, नीरबहादुर घले, सीताराम घले र कुम्पुर–९ का ठाकुर श्रेष्ठ छन् ।

गाउँमा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले जङ्गलमा सिकार गर्न जान लागेको बताएका छन् । उनीहरुविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइने जिल्ला प्रहरी कार्यलयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts