Thursday, March 10, 2016

मानव बेचबिखन रोक्न ध्यानाकर्षण

काठमाडौँ, २७ फागुन । मानव बेचबिखन रोक्न र कार्यस्थलमा हुने हिंसा नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ को प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्व सहकर्मी समूह नेपालले आयोगलाई आज बुझाएको ज्ञापनपत्रमा महिला तथा बालबालिका बेचबिखनसँग सम्बन्धी ऐन निर्माणलाई विशेष ध्यान दिनुपर्ने उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै आयोगको प्रवक्ता मोहना अन्सारीले मानव बेचबिखन रोक्न सरकारी स्तरबाट भइरहेको प्रयासलाई थप सशक्त ढङ्गबाट अगाडि बढाउन पहल गर्ने बताउनुभयो । समूहको अध्यक्ष मीना विष्टले बेचबिखन जस्ता प्रवृत्ति नियन्त्रण, पीडकलाई कानुनी कारबाही, पीडितलाई न्याय दिलाउन कानुनी संयन्त्रको स्थापना गर्न जरुरी रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts