Thursday, March 10, 2016

अङ्क र अक्षर बिगारी पैसा निकाल्नेलाई आठ वर्ष कैद

काठमाडौँ, २७ फागुन । विशेष अदालतले चेकमा लेखिएको अङ्क र अक्षर बिगारी बैंकबाट बढी रकम झिक्ने आन्तरिक राजस्व विभागका तत्कालीन लेखा अधिकृत पीताम्बरप्रसाद पोखरेललाई आज आठ वर्ष कैदको फैसला गरेको छ ।

अदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यद्वय प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले पोखरेलबाट रु तीन करोड १२ लाख ८५ हजार ९८९ बिगो उठाउने सहितको फैसला गरेको हो । दोषी पोखरेलले बिगो र जरिवाना गरी रु छ करोड २५ लाख ७१ हजार ९१८ बुझाउनुपर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ साल चैतमा अदालतमा मुद्दा दायर गरी पटक पटक गरी पोखरेलले रु तीन करोड १२ लाख ८५ हजार ९८९ निकाली राज्यलाई नोक्सानी पु¥याएको आरोप लगाएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts