Thursday, March 10, 2016

काठमाडौँ–कराँची हवाई उडान सञ्चालन गर्न

काठमाडौँ, २७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले केही वर्षदेखि रोकिएको काठमाडौँ–कराँची हवाई उडान सञ्चालन गर्न पाकिस्तानी राजदूतलाई आग्रह गर्नुभएको छ ।
उपराष्ट्रपति कार्यालय बहादुर भवनमा पुग्नुभएका पाकिस्तानी राजदूत मजहर जाभेदसँग कुरा गर्दै उपराष्ट्रपति पुनले काठमाडौँ–कराँची हवाई उडान भएमा रोजगारीका लागि खाडीमुलक जाने नेपालीलाई ठूलो लाभ हुने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

राजदूत जाभेदले सन् २०१३ मा विश्वभर नै उडान कटौती गर्दा काठमाडौँ–कराँची उडान पनि कटौती भएको जानकारी गराउँदै अहिले अवस्था सहज भएकाले उडान सञ्चालन गर्न सकिने बताउनुभयो ।

यसैगरी बङ्गलादेशी राजदूत मास्फी बिन्ते साम्ससँग भएको भेटमा उपराष्ट्रपतिले दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक सम्बन्धलाई बढाउ“दै जानुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts