Saturday, March 12, 2016

दलित कोटाको नतिजा सार्वजनिक

काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसको आरक्षणतर्फको दलित कोटाको केन्द्रीय सदस्य पदको नतिजा सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार पुरुषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा विजयी हुनुभएको छ । सार्वजनिक मतपरिणामअनुसार परियारले एक हजार ४८१, मानबहादुर विश्वकर्माले एक हजार ४०२ र मीन विश्वकर्माले एक हजार ३१३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, दलित महिला कोटाबाट लक्ष्मी परियार र सुजाता परियार निर्वाचित हुनुभएको छ । सार्वजनिक मतपरिणामअनुसार लक्ष्मीले एक हजार ५१९ र सुजाताले एक हजार ५०२ मत प्राप्त गरी विजयी हुनुभएको हो । दलित कोटाबाट पुरुषतर्फको केन्द्रीय सदस्यमा २० र महिलातर्फ पाँचजना उम्मेदवार हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts