Saturday, March 12, 2016

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

उर्लाबारी (मोरङ), २९ फागुन । मोरङको केरौनमा आज दिउँसो ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

केरौन–४ मा सूर्य कटुवालको खेत जोत्ने क्रममा को २ त ३८४१ नंको ट्र्याक्टर पल्टिँदा चालक सोही ठाउँका ४० वर्षीय वासु चौलागाईंको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चौलागाईंको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts