Wednesday, March 2, 2016

झापा, मोरङ र सुनसरी कुनै हालतमा टुक्रिँदैन– नेता आचार्य

उर्लाबारी (मोरङ), १९ फागुन । नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले कुनै विदेशी र जमिनदारको स्वार्थमा झापा, मोरङ र सुनसरी जिल्ला टुक्रिन नसक्ने बताउनुभएको छ ।

मोरङको उर्लाबारीमा आज आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता आचार्यले झापा, मोरङ र सुनसरीका जनताको चाहनाविपरीत यी जिल्ला कुनै पनि हालतमा टुक्रिन नसक्ने बताउनुभयो ।

लोकतन्त्रलाई संस्थागत गर्दै देशलाई अब आर्थिक क्रान्तिको दिशामा अघि बढाउनुपर्नेमा आचार्यले जोड दिनुभयो । संविधान निर्माणपछि देशमा नाकाबन्दी, तराई आन्दोलन, अत्यावश्यकीय वस्तुको अभाव झेल्नुपरेको बताउँदै एमाले सचिव आचार्यले अब सबै दल एक भएर अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।

नेकपा (एमाले) उर्लाबारी नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ७५ जना नेता तथा कार्यकर्ता एमालेका प्रवेश गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts