Saturday, March 12, 2016

‘सरकारले राष्ट्रिय स्वाभिमानको रक्षा गरेको छ’

चौतारा, २९ फागुन । वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले ठूला चुनौतीका वावजुद वर्तमान सरकारले राष्ट्रिय स्वाभिमानको रक्षा गरेको बताउनुभएको छ ।

सिन्धुपाल्चोक जिल्ला विकास समितिको २३औँ जिल्ला परिषद्को आज चौतारामा उद्घाटन गर्दै मन्त्री सापकोटाले देशले पटक–पटक नाकाबन्दीको सामना गर्नुपरे पनि राष्ट्रियताको रक्षा गरेको उल्लेख गर्नुभयो । आत्मनिर्भरताको बाटोमा नगए सधैँ नाकाबन्दीको सामना गर्नुपर्ने हुँदा त्यसतर्फ सबै क्षेत्रको ध्यान जानुपर्नेमा मन्त्री सापकोटाको जोड थियो ।

सांसद् अमृतकुमार बोहराले विकास निर्माण अति राजनीतिकरण गर्दा द्वन्द्व सिर्जना हुनेहुँदा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सांसद्त्रय शेरबहादुर तामाङ, लारक्र्याल लामा र रमेशकुमार लामाले विकास निर्माणको काम पारदर्शी ढङ्गले हुनुपर्ने बताउनुभयो ।

जिविस अध्यक्ष तथा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले आव २०७३÷७४ का लागि रु पाँच अर्ब ८६ करोड २६ लाख ७४ हजारको अनुमानित बजेट पेस गर्गुभयो । परिषद्ले यस वर्षपछि पत्रकारिता पुरस्कारसमेतको व्यवस्था गरेको छ । यस वर्षको रु १५ हजार नगद राशिको जिविस विकास पत्रकारिता पुरस्कार पत्रकार ऋषिराम पौडेल र रु १५ हजार राशिको प्रवद्र्धन पत्रकारिता पुरस्कार सिन्धुप्रवाह साप्ताहिकलाई प्रदान गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts