Saturday, March 12, 2016

वर्ड लिङ्क लहानका पूर्व डाइरेक्टर पक्राउ

गोलबजार (सिरहा), २९ फागुन । ‘दूरसञ्चार राजस्व ठगी’ मुद्दामा फरार रहेका वर्ड लिङ्क, लहानका तत्कालीन डाइरेक्टर राजकुमार श्रेष्ठलाई सिरहा प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका–७ का ३७ वर्षीय श्रेष्ठमाथि नेपाल टेलिकमले जिल्ला प्रहरी कार्यालय सिरहामा २०६७ असोज २० गते ‘दूरसञ्चार राजस्व ठगी’ मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएपछि लुकीछिपी बस्दै आएका श्रेष्ठलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका श्रेष्ठले ‘कल बाइपास’ गरी नेपाल टेलिकमको करोडौँको राजस्व चुहावट गरेका छन् । उनी पक्राउ परेपछि भोलि आइतबार आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts