काठमाडौँ, १८ फागुन । बद्री पङ्गेनी र प्रिती आलेको गीति एल्वम पसिना आइरैछको आज यहाँ विमोचन गरिएको छ ।
एकनारायण भण्डारीको शब्द तथा सङ्गीत रहेको एल्वममा शङ्कर बिसीले म्युजिक भिडियोको निर्देशन गर्नुभएको छ ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो एल्वमको विमोचन गर्दै लोक संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको र लोक साहित्यको विकासबिना मुलुकको विकास हुन नसक्ने बताउनुभयो । मन्त्री राईले नयाँ संविधान जारी भएसँगै राजनीतिक स्वतन्त्रताको लडार्इं सकिएकाले अब आर्थिक समृद्धिका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय लोकगीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, प्राज्ञ दुर्गा रायमाझी, लोकसञ्चारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपाललगायतले लोक संस्कृतिको संरक्षण र यस क्षेत्रका विकृति अन्त्यका लागि सरकारको पहल हुनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment