काठमाडौँ, १९ फागुन । काठमाडौँका सञ्जय मुल्मी र दीपक मगर अखिल नेपाल खुला स्नुकर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यहाँ आज भएको क्वार्टर फाइनलमा सञ्जयले ललितपुरका दीपप्रज्वल ढुङ्गानालाई र दीपकले विराटनगरका अमन कार्कीलाई समान ४–१ फ्रेमले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
न्यू दरबार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोतिामा राजन लामाले सोम लामालाई ४–० तथा र विकास श्रेष्ठले विकेश गुरुङलाई समान स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
सेमिफाइलनमा सञ्जयले विकाससँग तथा राजनले दीपक मगरगँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल खेल बिहीबार सञ्चालन हुनेछन् । रासस
No comments:
Post a Comment