Saturday, March 12, 2016

तीनसय ६४ फरार अभियुक्तमध्ये ३४ जना पक्राउ

गाईघाट(उदयपुर), २९ फागुन । विसं २०३० देखियता जिल्ला अदालत उदयपुरले दण्डजरिवाना गर्ने गरी फैसला गरेको तर फरार रहेका अभियुत्तमध्य जिल्ला प्रहरी कार्यालयले हालसम्ममा ३४ जना दोषीलाई पक्राउ गरेको छ ।

तीन हप्तादेखि यता आएर प्रहरीले सक्रियरुपमा अदालतले दण्ड जरिवाना गरेका फरार दोषिलाई पक्राउ गर्ने क्रम जारी राखेको पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख नरबहादुर केसीले बताउनुभयो ।

पक्राउ पर्नेमा बमबहादुर सुनुवार, नरसिंह चौधरी, मोतिलाल तामाङ, मोहन अधिकारी, इन्दिरा अधिकारी, साने राई, लटे राउत, बलबहादुर विक, रञ्जीदेवी चौधरी, देवनारायण चौधरी, जीतेन्द्र चौधरी, शिवेन्द्र चौधरी, आशावती चौधरीलगायत रहेका छन् ।

पक्राउ परेकामध्ये धेरैलाई वन फँडानी, काठ तस्करी, जग्गा ठगी, बलात्कार अभियोगलगायत मुद्दामा दोषी ठहरिएका रहेको प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts