Saturday, March 12, 2016

पूर्वाञ्चलमा क्यान्सर उपचार सेवा सुरु

पथरी(मोरङ), २९ फागुन । पूर्वाञ्चलमा पहिलो पटक विराटनगरस्थित विराट अस्पताल प्रालिले क्यान्सर रोगको उपचार सुरु गरेको छ ।

अस्पतालका सञ्चालक डा ज्ञानेन्द्र मानसिंह कार्कीका अनुसार पूर्व क्षेत्रका बिरामीलाई लक्षित गर्दे विराटनगरमा केमोथेरापीसहित क्यान्सर रोगको सम्पूर्ण उपचार आजदेखि सुरु गरिएको हो ।

अस्पतालले आजै क्यान्सरसम्बन्धी निःशुल्क ओपिडी सेवासमेत सञ्चालन गरेको छ । अस्पतालले तत्काल ३० वटा शय्यासहितको विशेषज्ञ सेवा प्रदान गर्ने जनाएको छ । अस्पतालले वरिष्ठ क्यान्सर रोग विशेषज्ञको परामर्शसहितको सेवा दिइने जनाएको छ ।

क्यान्सर रोग विशेषज्ञ उज्जवल चालिसे, रवीन कठायत र सौगात पौडेलको टोलीले उपचार गर्ने सञ्चालक डा कार्कीको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts