इटहरी, १९ फागुन । सुनसरीको दुहवीभलुवा नगरपालिका–१० पचिरामा रहेको श्रीसदगुरु कवीर नादानुसन्धान प्रकाश केन्द्रका भवन निर्माणार्थ आयोजना गरिएको श्रीभदभागवत ज्ञान महायज्ञ धनधान्याञ्चल सप्ताहमा नगद जिन्सी र भूमिसहित एक करोडभन्दा बढीको भिक्षादान सङ्कलन भएको छ ।
श्रीसतगुरु कवीर नादानुसन्धान प्रकाश केन्द्रको आयोजनामा भएको श्रीमद्भागवत ज्ञान महायज्ञ धनधान्याञ्चल सप्ताहमा सवैभन्दा बढी सोही मन्दिरका संरक्षक स्वामी मुरलीधरानन्द साहेवले रु २५ लाख मूल्य पर्ने चार कठ्ठा दुई धुर जमिन प्रदान गर्नुभएको छ ।
त्यस्तै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले रु छ लाख पर्ने चार कठ्ठा जमिन, हरिनारायण चौधरीले रु पाँच लाख मूल्य पर्ने जमिन उपलब्ध गराउनुभएको आयोजक समितिका अध्यक्ष बोधनारायण गच्छदारले जानकारी दिनुभयो ।
त्यस्तै दीपनारायण गच्छदारले रु पाँच लाख, आयोजक समिति अध्यक्ष त्रोधनारायण गच्छदारले रु एक लाख ५० हजार ५५५ सहयोग गर्नुभएको छ ।
सो रकमबाट कवीर नादानुसन्धान प्रकाश केन्द्र परिसरमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि धार्मिक सभाहल बनाउने उद्देश्य राखिएको छ । श्रीमद्भागवतमा पुराणवाचक पण्डित दिनबन्धु पोख्रेलले कथा वाचन गर्नुभएको छ । रासस
No comments:
Post a Comment