खोटाङ, २९ फागुन । जिल्ला वन कार्यालय खोटाङका एक वन रक्षकको शव आहालमा डुबिरहेको अवस्थामा फेला परेको छ ।
दिक्तेल नगरपालिका–३ का ४५ वर्षीय वन रक्षक लीला आचार्यको शव आज दिउँसो गाउँ नजिकैको आहालमा डुबिरहेका अवस्थामा फेला परेको हो ।
अत्यधिक मादक पदार्थ सेवन गर्ने आचार्यको गाउँ डुलेर घर फर्कने क्रममा आहालमा डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । आचार्यको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको आफन्तले जनाएका छन् ।
आफन्तका अनुसार प्रायः मातेर हिँड्ने आचार्य शुक्रबार बेलुकादेखि हराएका थिए । मातेकै अवस्थामा आहालको लेदोमा पसेका आचार्यको निस्कन नसक्दा मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment