Saturday, March 12, 2016

भिरबाट लडेर किशोरीको मृत्यु

फलेवास (पर्वत), २९ फागुन । पर्वत जिल्लाको कार्कीनेटा गाविस– ९ निवासी १७ वर्षीय किशोरी मीना विकको भिरबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार साँझ घाँस काट्न गएकी विकको घर नजिकैको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भिरबाट लडेको जानकारी पाउने बित्तिकै प्रहरीचौकी कार्कीनेटाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको जाँचबुझ गरेको थियो । उनी भिरमा घाँसमा चिप्लिएर लडेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts