Friday, April 8, 2016

आदिनाथको मूर्तिलाई महास्नान

काठमाडौँ, २६ चैत । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथ मन्दिरको मूर्तिलाई आज महास्नान गरिएको छ ।

प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाका दिन मन्दिरमा विशेष पूजा गरी विधि विधानपूर्वक मूर्ति झिकेर पवित्र जलले महास्नान गराउने प्रचलन छ ।

उक्त मूर्तिलाई नुहाएपछि मन्दिर परिसरभित्र खटमा राखिएको छ । शनिबारदेखि मूर्तिर्लाइ एक सातासम्म विभिन्न विधि पूरा गरी गरगहना लगाई सिङ्गार गरिने पूजारी शरोज शाक्यले जानकारी दिनुभयो । मन्दिरबाट मूर्ति निकालेपछि कलशलाई प्रतिस्थापन गराईएको छ ।

उक्त मूर्तिलाई आउँदो वैशाख २ गते स्थानीय नख्खु दोभानमा करिव तीन किलोमिटरसम्म खट जात्रा गरिन्छ । त्यसपछि भोज गरेर मन्दिरमा मूर्तिलाई पुनः स्थापना गराइन्छ ।

उक्त मूर्तिमा शिव पार्वतीको संयुक्त आकार प्रतिविम्बित भएकाले हिन्दू धर्मावलम्बीले अर्धनारेश्वर तथा बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा विश्वास गरी आस्था प्रकट गर्ने गर्दछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts