पोखरा, २५ चैत । उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले यही चैत १८ गते निधन हुनु भएकी फुपु स्व कृष्णकुमारी कार्कीका शोक सन्तप्त परिवारलाई आज यहाँ भेट गरी समवेदना दिनुभयो ।
स्व कार्कीका छोरा मदनबहादुर कार्की राप्रपा नेपालका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । पोखराको विरौटामा बस्दै आउनु भएकी स्व कार्कीको १०२ वर्षको उमेरमा निधन भएको थियो ।
यसैबीच, उपप्रधानमन्त्री थापा आजै पोखरा उपमहानगरपालिकामा जानु भई कार्यालयको निरीक्षणसमेत गर्नुभयो ।रासस
No comments:
Post a Comment