Thursday, April 7, 2016

साझाको साधारणसभा सम्पन्न

काठमाडौँ, २५ चैत । साझा प्रकाशनको आज सम्पन्न २३औँ साधारणसभामा अंशियारतर्फको तीन सञ्चालक पदमा जीवनचन्द्र कोइराला, डा विजय सुब्बा र हरिहर खनाल विजयी हुनुभएको छ ।

कुल ५३४ मत खसेकामा कोइरालाले ३८९, सुब्बाले ३७५ र खनालले ३४३ मत प्राप्त गर्नुभएको छ ।

पराजित उम्मेदवार मनोहर लामिछाने २०४ मत प्राप्त गर्नुभएको छ भने २७ मत बदर भएको थियो । विजयी उम्मेदवारलाई निर्वाचन समितिका संयोजक डा कृष्णहरि बरालले प्रमाणपत्र वितरण गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts