हेटौँडा, २५ चैत । हेटौँडाबाट काठमाडाँैतर्फ जाँदै गरेको ना१ज २००९ नं को टाटा सुमो त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भैसे गाविस–७ त्रिखण्डी मन्दिरनजिक अनियन्त्रित भई आज साँझ दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१४ बस्ने वासु कोइराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका नौ जना यात्रुमध्ये गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जिप चालक फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । रासस
No comments:
Post a Comment