Wednesday, April 6, 2016

बलात्कारीलाई चौध वर्षको काराबास

भक्तपुर, २४ चैत्र । पन्ध्र वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुषलाई आज भक्तपुर जिल्ला अदालतले १४ वर्षको कैद सजाय सुनाएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका रामेछाप घरभई चाँगुनारायण नगरपालिका १० साघुछाप बस्ने वर्ष ५५ का शम्भु भन्ने कृष्णबहादुर कामीलाई आज जेल चलान गरिएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीस बालेन्द्र रुपाखेतीको इजलासले कामीलाई १४ वर्ष कैद र १ लाख रुपैया क्षतिपूर्ति भराउने फैसला गरेपछि आजै जेल चलान गरिएको अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts