चितवन, १७ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि ठूलो दल नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभएको छ ।
प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सहमतिको सरकार बनेर त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने धारणा राख्नु भयो ।
अहिलेको सरकारले मुलुकलाई निकास दिन नसक्ने भन्दै उहाँले मार्ग प्रसस्त गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । संविधान कार्यान्वयन र विकासका लागि दलका बीचमा प्राकृतिक गठबन्धन हुनुपर्छ त्यो अहिले हुन नसकेको नेता खाँडले उल्लेख गर्नु भयो । रासस
No comments:
Post a Comment