Wednesday, April 6, 2016

कानुन व्यवसायी भन्दै ठगी गर्नेलाई अदालत प्रवेशमा रोक

काठमाडौँ, २४ चैत । ललितपुर जिल्ला अदालतले कानुन व्यवायी हुँ भन्दै ठगी गर्ने मनोहर तिवारीलाई अदालत प्रवेशमा रोक लगाएको छ ।

ललितपुर जिल्ला अदालतका स्रेस्तेदार बाबुराम दाहालले आज सार्वजनिक गरेको सूचनामा तिवारीले मुद्दा मिलाइदिन्छु भनेर न्यायाधीश तथा कर्मचारीबाट मोटो रकम लिने गरेकोे र कानुन व्यवसायीका नाममा विचौलिया काम गरी न्यायपालिकाको गरिमा धमिल्याउने काम गरेको हुँदा अदालतमा प्रवेश निषेध गरेको उल्लेख छ ।

सूचनामा भनिएको छ– “तिवारी अधिवक्ता, अभिवक्ता, अभिकर्ता केही पनि नभई विचौलियाको काम गरेर न्यायपालिकाको गरिमा धमिल्याउने काम गरेको हुँदा अदालतले वादी वा प्रतिवादी भई मुद्दाको तारेख चलेको मुद्दाको तारेखबाहेक अन्य दिनमा निजलाई अदालतमा प्रवेश रोक गरेको छ ।”

तिवारीले आफू कानुन व्यवसायी हँु भनेर अदालतको इजलास, मुद्दा दर्ता शाखा, अभिलेख शाखा एवम् मुद्दा शाखामा जाने गरेको तर निज कानुन व्यवसायी नभएको कानुन व्यवसायी परिषद्बाट पुष्टि भएको सूचनामा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts