Saturday, April 9, 2016

परिवर्तन हुन नसके अप्ठ्यारो : नेता कोइराला

पथरी (मोरङ), २७ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मधेसलाई हेर्ने दृष्टिकोण काठमाडौँबाट परिवर्तन हुन नसके अप्ठ्यारो हुने बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेस समस्या समाधान गर्नका लागि उत्तर–दक्षिण वा सात समुद्रपारिको मुख ताक्ने कामको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

वार्ताबाहेक अर्को उपाय नभएको बताउँदै नेता कोइरालाले सरकारले प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts