नेपालगन्ज, २७ चैत । बाँके जिल्लाको कालाफाँटा, होलिया र कुसुम गाविसमा आज दिउँसो भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, आगलागीबाट कालाफाँटामा ५०, होलियामा २० र कुसुममा तीन घर जलेर नष्ट भएका छन् ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीबाट आगो नियन्त्रणमा लिने प्रयास जारी राखे पनि यो समाचार तयार पार्दासम्म आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छैन ।
नेपालगन्जबाट अहिलेसम्म पनि वारुणयन्त्र नपुगेका कारण थप घर जलेर नष्ट हुने सम्भावनासमेत बढ्दै गएको जनाइएको छ ।
आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी गराउनुभयो ।
राप्तीपारिको काँलाफाटा र होलिया गाविसमा नेपालगन्जबाट वारुणयन्त्र जान अत्यन्त जीर्ण कच्ची बाटोका कारण कठिनाइ हुने कुरालाई दृष्टिगत सीमावर्ती भारतीय प्रशासन पदाधिकारीसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभएको छ । रासस
No comments:
Post a Comment