Saturday, April 9, 2016

मुटुरोगीलाई रु एक लाख १५ हजार सहयोग

इलाम, २८ चैत । किरात याक्थुम चुम्लुङ जिल्ला शाखा इलामले सोयाक गाविसका मुटुरोगी बुद्धराज लिम्बूलाई रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।

मुटुरोगबाट थलिएका लिम्बूलाई उपचारार्थ शाखाले रु एक लाख १५ हजार ८२१ सहयोग प्रदान गरेको हो । शनिबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी चुम्लुङको इजरायल शाखाबाट प्राप्त रु एक लाख र माङ्गेना चेली समूह गोङ्गबु काठमाडौँबाट प्राप्त रु १५ हजार ८३१ गरी एकमुष्ट रकम मुटुरोगी लिम्बूलाई उपलब्ध गराइएको शाखाका सन्तोष नेम्वाङले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसकिरहेका लिम्बूलाई विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटिरहेको समेत शाखाले जनाएको छ । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts