काठमाडौँ, १७ वैशाख । सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग आगामी संसद्को अधिवेशन सञ्चालनसँग सम्बन्धित विषयमा आज प्रारम्भिक छलफल गर्नुभएको छ ।
संसद्को दोस्रो अधिवेशन यही वैशाख २१ गतेका लागि आह्वान गरिएको छ । अधिवेशन सञ्चालन हुनुअघि प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसँग छलफल गरी रायसुझाव लिने विगतदेखिकै अभ्यास हो ।
सभामुख घर्तीले सचेतकसँग व्यवस्थापिका–संसद् कार्य सञ्चालन नियामावली र संसदीय सुनुवाइ विशेष समितिको विषयमा सहमति जुटाउने, संसद्को आगामी अधिवेशनलाई राम्रोसँग अघि बढाउने, पूर्वबजेट छलफल गराउने, नीति तथा कार्यक्रम र बजेट लगायत विषयमा केन्द्रित रहेर छलफल गरेको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस र नेकपा(एमाले) का प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र भानुभक्त ढकाल, एकीकृत नेकपा(माओवादी)का सचेतक सीता नेपालीे, राप्रपा नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल र राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरी, शिवजी यादव र परशुराम तामाङ तथा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का योगेन्द्र चौधरी हुनुहुन्थ्यो । सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलको पनि सहभागिता थियो ।
यसैबीच सभामुख घर्तीले व्यवस्थापिका– संसद्मा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियामावली निर्माणमा देखिएको समस्यालाई निरुपण गर्ने र आगामी संसद् अधिवेशनसँग सम्बन्धित विषयमा उहाँहरुबीच छलफल भएको थियो । रासस
Friday, April 29, 2016
संसद्को अधिवेशन सञ्चालनसम्बन्धी छलफल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment