काठमाडौँ, २५ चैत । सिँचाइमन्त्री उमेशकुमार यादवले सिँचाइ कार्यक्रममार्फत सरकारले कृषि क्षेत्रलाई नमुनाका रूपमा अगाडि बढाउने बताउनुभएको छ ।
सिँचाइ विभागको ६३औँ वार्षिकोत्सव तथा सिँचाइ दिवसका अवसरमा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री यादवले तराईमा समृद्ध तराई विशेष सिँचाइ कार्यक्रम ल्याएको र यस कार्यक्रमलाई पहाडमा पनि लगिने जानकारी दिनुभयो ।
“सिँचाइ दिवसलाई अझै फरक र भव्यताका साथ मनाउन आगामी वर्षमा भूमिसुधार तथा व्यवस्था मन्त्रालय र कृषि मन्त्रालयसँग सहकार्य गर्नुपर्छ”– उहाँले भन्नुभयो । रासस
No comments:
Post a Comment