Wednesday, April 6, 2016

टीकापुर घटनामा संलग्न थप एक पक्राउ

धनगढी, २४ चैत । गत भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

नारायणपुर गाविसका ३४ वर्षीय विश्राम चौधरी कुश्मीलाई टीकापुर क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका २२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । टीकापुर घटनामा संलग्न भएको आरोपमा थप एक दर्जनभन्दा बढी व्यक्तिलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको छ ।

थरुहट प्रदर्शनका क्रममा भएको उक्त हिंसात्मक घटनामा वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र एक बालकको ज्यान गएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts