Wednesday, April 6, 2016

सुनको सिक्रीसहित पाँच लुटेरा पक्राउ

विराटनगर, २४ चैत । सुनका गहना लुट्ने एक समूहका पाँच जनालाई विराटनगर बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज–९ का उमाकान्त राम, बारा जितपुर–७ का शत्रुघन नटुवा, विनोदकुमार कुशवाहा तथा जितपुर–८ का सुरेश नटुवा र राकेशकुमार यादु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुले विराटनगर–१६ स्थित मङ्गलबारे हटियामा मङ्गलबार बेलुकीे तरकारी खरिद गरिरहेकी ५२ वर्षीया निरु बिसुन्केका घाँटीबाट सिक्री छिनाली लुटेर लगेका थिए । सादा पोसाकमा खटिएका प्रहरीले शङ्कास्पद अवस्थामा सुरेशलाई पक्राउ गर्दा उनको साथबाट सुनको सिक्री फेला परेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts