Wednesday, April 6, 2016

स्रष्टा तथा सञ्चारकर्मी सम्मानित

काठमाडौँ, २४ चैत । कलाकार रमेश खनालले आफ्नी आमाको नाममा स्थापना गर्नुभएको ‘नन्दादेवी खनाल ललितकला सम्मान’बाट आज विभिन्न स्रष्टा तथा सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।

अरुपण आर्ट ग्यालरीमा आज एक कार्यक्रमको आयोजना गरी ‘लाइफ टाइम अचिभमेन्ट स्पेसल आर्टिस् अवार्ड’ बाट कलाकार कृष्णगोपाल रञ्जितलाई सम्मान गरिएको हो । यसैगरी ‘आर्ट क्रिटिक्स स्पेसल अवार्ड’ बाट मुकेश मल्ल, ‘कमर्सियल आर्टिस्ट स्पेसल अवार्ड’ बाट वरिष्ठ कला डिजाइनर अशोकमान सिंह, ‘ट्रेडिसनल आर्टिस्ट अवार्ड’ बाट वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङ, ‘आर्ट मिडिया अवार्ड’बाट कान्तिपुर दैनिकका सञ्चारकर्मी मधु शाही, ‘आर्ट प्रमोटर अवार्ड’ बाट व्यवसायी विनोद अग्रवाल र ‘क्रियटिभ आर्टिस्ट अवार्ड’ बाट इलामका मूर्तिकार विष्णु श्रेष्ठ सम्मानित हुनुभएको छ ।

उहाँहरुलाई सम्मान गर्दै वरिष्ठ कलाकार हरिप्रसाद शर्माले कलाकारलाई प्रोत्साहन गर्न अन्य क्षेत्रले पनि यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने विचार प्रकट गर्नुभयो ।

उक्त सम्मान २०६९ सालदेखि दिन थालिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts