नवलपरासी, ३० चैत । नवलपरासीको गुठी प्रसौनी–३ कठहवा गाउँमा आज भएको आगलागीमा करिब रु पाँच ५ लाखको क्षति भएको छ ।
आगलागीमा दुईवटा ट्याक्टर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ भने ल्यापटप, साइकल, खाद्यान्न र लत्ताकपडासहित तीनवटा घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय गोबरी मियाको चुल्होबाट सल्केको आगोले छिमेकी आशिक अली, मुमताज अली, निजामुद्दिन अली, सराजुद्दिन अली र मोमताज अलीसमेतको घरगोठमा पूर्णरुपमा क्षति पुगेको हो ।
आगलागीले लु१त २५६० र लु१त १६०२ नं. को दुईवटा टयाक्टर तथा यूपी५६बी ३५२७ नं. को भारतीय मोटरसाइकलसमेत जलेन खरानी भएको प्रहरीले जनाएको छ । केही दिनअघि मात्रै गुठी प्रसौनी–५ मा भएको आगलागीबाट ठूलो क्षति भएको थियो । रासस
No comments:
Post a Comment