काठमाडाँै, ३० चैत । शताब्दी पुरुष सत्यमोहन जोशी यस वर्षको नरसिँहबहादुर स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
सो पुरस्कारको राशि रु १० हजार र सम्मानपत्र रहेको छ । नेपाल सांस्कृतिक सङ्घको ६६औँ वार्षिकीका अवसरमा आयोजित कार्यक्रममा हृदय रोग विशेषज्ञ डा भगवान कोइराला, शिक्षक मोहन दुवाल, नृत्यकार भैरवबहादुर थापा, प्रा दिनेशराज पन्त, प्राणीशास्त्रका प्राडा देवराज उप्रेती, न्यायाधीश लीलाप्रसाद गिरी, धितो बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, अर्थविद् डा मीना आचार्य, कलाकार डा लक्ष्मी गिरीसहित १७ जनार्लाइ रु १० हजारका दरले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
समारोहमा शताब्दी पुरुष जोशीले नेपालको संस्कृतिको संरक्षण गर्न युवा पुस्ताको सक्रियता आवश्यक रहेको भन्दै हामीले संस्कृतिको संरक्षण नगरेमा भविष्यमा महत्वपूर्ण कला, संस्कृति मासिँदै जाने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रकवि माधव घिमिरेले उनीहरुलाई पुरस्कार वितरण गर्दै समाजको मौलिक पक्ष भनेको नै नेपालको संस्कृति रहेको र काठमाडौँ उपत्यकाका नेवार समुदायले हजारौँ वर्षदेखि विकास गरेको संस्कृति विश्वलाई देखाउने मुख्य आधार भएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार मदनमणि दीक्षितले लेख्नुभएको जय–पराजयको पनि उहाँले विमोचन गर्नुभयो ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति महेशकुमार उपाध्यायले बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा निरन्तररुपमा संस्कृतिको खोजी तथा अनुसन्धान गर्नुपर्ने बताउनुभयो । समारोहको सभापतित्व सङ्घका अधयक्ष गोविन्द पन्तले गर्नुभएको थियो । रासस
No comments:
Post a Comment