Tuesday, April 12, 2016

तातो हावाले तराईको जनजीवन कष्टकर

महेन्द्रनगर (धनुषा), ३० चैत । महोत्तरीसँगै मध्य तथा पूर्वी तराईमा विगत एक सातादेखि चलेको तातो हावाले जनजीवन कष्टकर बनेको छ ।

तातो हवा, हुरी, धुलोसँगै ग्रामीण वस्तीमा आगलगिको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण आँप, हरियो तरकारीखेतीसमेत असर परेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ ।

तातो हावा हुरीले धनुषालगायत आसपासका जिल्लामा गर्मी बढ्नुका साथै जनजीवन प्रभावित भएको दिउँसो बाहिर हिडडुल गर्न गाह्रो भएको स्थानीयले बताएका छन् । हावाहुरीकै कारण आँप, लिच्ची र कठहरमा समेत असर परेको प्राविधिक अरुण कुशवाहाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts