Tuesday, April 12, 2016

सभापति देउवाद्वारा खोटाङ दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, ३० चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोटाङमा आज बिहान यात्रुबाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज साँझा विज्ञप्ति जारी गर्दै सभापति देउवाले दुर्घटनामा गुमाउनेप्रति श्रद्धाञ्जलि र मृतक परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

खोटाङको दिक्तेलबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा २३ जनाको मृत्यु हुनुका २३ जना घाइते भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts