धनगढी, २८ चैत । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन र सडक सुरक्षाका लागि जनचेतना जगाउन शनिबार कैलालीमा कार ¥याली गरिएको छ ।
धनगढीबाट चिसापानी (कर्णाली) सम्मको झन्डै १०३ किमीको दूरीमा भएको कार ¥यालीमा २३ वटा कार सहभागी रहेका थिए ।
कार ¥यालीको समापनका अवसरमा सहभागी कारका चालकलाई सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलगायतका विषयमा जानकारी दिइएको थियो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन र नेपाल मोटर स्पोर्टस् क्लबको संयुक्त पहलमा कार ¥याली गरिएको हो ।
सुदूरपश्चिममा पहिलोपटक आयोजित कार ¥यालीले पर्यटन प्रवद्र्धन र सडक सुरक्षामा योगदान दिने विश्वास गरिएको आयोजक अटोमोबाइल्स एसोसिएसनका मधुसूधन सिग्देलले बताउनुभयो ।
कार ¥यालीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृतसमेत गरिएको थियो । रासस
––––––––
No comments:
Post a Comment