Sunday, May 29, 2016

उत्तर कोरियाली राजदूतद्वारा अध्यक्ष दाहालसँग भेटवार्ता

काठमाडौँ, १६ जेठ । नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा उहाँले राजदूत हकमार्फत भर्खरै सम्पन्न कोरियाली श्रमिक पार्टीको सातौं राष्ट्रिय काँग्रेसबाट निर्वाचित अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर किम जोङ उनलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

भेटका अवसरमा अध्यक्ष दाहालले नेपालमा वामपन्थी बाहुल्य रहेको सरकार भएको र आर्थिक विकास र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

गत सालको विनासकारी भूकम्प र संविधान निर्माण पछिको नाकाबन्दीले नेपाली जनताले निकै ठूलो दुःख पाएको बताउँदै राष्ट्रले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘‘अहिले हामीहरु भूकम्पले ध्वस्त संरचनाहरुको पुनर्निर्माण र आर्थिक विकासमा केन्द्रित छौं ।’’

भेटवार्तामा राजदूत हकले नेपाल र कोरिया मिल्दा जुल्दा देश भएको बताउँदै दुई देशका धेरै विशेषताहरु मिल्दा जुल्दा भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘साम्राज्यवादीको नाकाबन्दी भए तापनि किम जोङ उन र उहाँको नेतृत्वमा आम जनता एकतावद्ध छन् र हामी त्यसको सामना गर्न सक्छौं ।’’

राजदूत हकले राजनैतिक र सैनिक दुबै हिसाबले आफूहरु शक्तिशाली रहेको पनि बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts