काठमाडौँ, १७ जेठ । लघु उद्यमका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका १५ महिला आज सम्मानित भएका छन् ।
केयर नेपाल नामक संस्थाको ‘सफल महिला उत्प्रेरणा अभियान’ अन्र्तगत सम्मानपत्र रु ४०÷४० हजारसहित महिला उद्यमीलाई उद्योग मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले सम्मान गर्नुभएको हो । सम्मानित हुने उद्यमीमा रसुवामा मिल सञ्चालन गर्ने कुलकुमारी न्यौपाने, कास्कीमा एकीकृत कृषि व्यवसाय गर्ने मीना कुमारी गुरुङ, पर्वतमा अल्लोका कपडा उत्पादन गर्ने जसमायाँ पुन, नवलपरासीमा बङ्गुरपालन गर्ने ठगनी हरिजान, नवलपरासीमा सिलाइकटाइ गर्ने उर्मिला लोहार रहनुभएको छ ।
त्यस्तै, सुर्खेतमा छापाखाना सञ्चालन गर्ने हिमकुमारी उपाध्याय, सुर्खेतमा ढाका बुनाइ गर्ने कमला चौधरी, सुर्खेतमै कपडा सिलाउने रमना परियार, कैलालीमा सौन्दर्य व्यवसाय सञ्चालन गर्ने शीतलदेवी चौधरी, कैलालीमा बेतबाँसका सामग्री निर्माण गर्ने पार्वती चौधरी, महोत्तरीमा मिथिला चित्रकला बनाउने सुनैना ठाकुर, मकवानपुरमा च्याउ खेती गर्ने देवमाया सिन्तान, मोरङमा जुत्ता उत्पादन गर्ने चम्पा नेपाल, धनकुटामा सल्लाको पातजन्य हस्तकला बनाउने जुना घिमिरे र धनकुटामा बाँसजन्य लघुउद्यम गर्ने मनकुमारी राई सम्मानित हुनुभएको हो ।
उहाँले उद्यमशीलतामा लागेका महिलाको सम्मानले देशभरका अन्य उद्यमी महिलालाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै नेपाल सरकारले पनि उद्यमशीलतालाई प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
मन्त्रालयका सहसचिव यमकुमारी खतिवडाले नीतिगत तहमा उद्यमशीलता विकासका सवाललाई प्राथमिकतामा राखिने भए पनि नीतिगत व्यवस्थाको सही कार्यान्वयन गर्न सकिए उद्यमशीलतामार्फत मुलुकको समृद्धि हुने बताउनुभयो ।
केयर नेपालकी राष्ट्रिय निर्देशक लोरा वीनेन्वर्गले कार्यक्रमले उद्यमशीलता विकासमा लाग्न सबैलाई उत्प्रेरित गर्न सफल भएको र भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment