Sunday, May 29, 2016

कालीगण्डकीमा महिलाको शव फेला

वालिङ, १६ जेठ । स्याङ्जाको तुल्सीभञ्ज्याङ–४, निमाघाटस्थित कालीगण्डकीको किनारमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ ।

वडा प्रहरी कार्यालय, वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार निलो कुर्ता र कलेजी रङको सुरवाल लगाएकी हल्का कपाल फुलेकी अन्दाजी ४० वर्षीया जस्तो देखिने महिलाको शव फेला परेको हो ।

स्थानीय प्रत्यक्षदर्शीले महिला गएराति रामनदीधामस्थित कालीगण्डकीमा फाल हालेको बताएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts