काठमाडौँ, १६ जेठ । उपप्रधानमन्त्री सिपी मैनालीले राष्ट्रियता जोगाउनु सबैको साझा कर्तव्य रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार तथा लेखक समाजले आज यहाँ आयोजना गरेको समृद्धि र शान्तिका लागि आम पत्रकार लेखक कवि, साहित्यकार तथा कलाकारको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री मैनालीले विदेशीले विभिन्न बहानामा सरकार ढाल्ने प्रयास गरिरहेका भए पनि कुनै पनि हालतमा त्यो सम्भव नहुने भन्दै राष्ट्रियता जोगाउनु साझा कर्तव्य रहेको बताउनुभएको हो ।
वर्तमान सरकारले नाकाबन्दी र तराई आन्दोलनको समेत सामना गरिसकेकाले राष्ट्रियताको पक्षमा रहेको सरकारलाई कसैले गिराउन नसक्ने बताउनुभयो ।
सोही अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सञ्चार जगत समाजको ऐना भएकाले वास्तविकतामा रहेर समाचार प्रकाशन प्रसारण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आयोजक संस्थाले डा मधुसुधन गिरी, बोणबहादुर कार्की, प्रोफेसर डा सुरेन्द्र केसी, ललन चौधरीलगायत १० जनालाई सम्मान गरेको छ ।
समाजका अध्यक्ष गोरखबहादुर बिसीले समाज परिवर्तन गर्नका लागि पत्रकारको ठूलो भूमिका रहने बताउनुभयो । उक्त भेलाले गोरखबहादुर केसीको संयोजकत्वमा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । रासस
No comments:
Post a Comment