Sunday, May 29, 2016

केडिया अपहरण मुक्त

वीरगन्ज, १६ जेठ । वीरगन्जका उद्योगी सुरेश केडिया आज सकुशल अपहरणमुक्त भएका छन् ।

बिहीबार बाराबाट अपहरणमा परेका केडियालाई नेपाल–भारतका संयुक्त प्रहरी टोलीले भारतको मोतिहारीबाट सकुशल अपहरण मुक्त गराएको हो ।

प्राप्त सूचनाका आधारमा भारतीय प्रहरी टोलीले सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणस्थित मोतिहारीको एउटा घरमा छापा मारेर बन्धक बनाइरहेका अवस्थामा केडियालाई अपहरण मुक्त गराएको भारतीय अधिकारीले जनाएको छ । भारतीय सुरक्षाकर्मीले एक जना अपहरणकारीलाई समेत पक्राउ गरिएको बताइएको छ ।

नेपाल–भारतका संयुक्त प्रहरी टोलीले केडियालाई सकुशल अपहरण मुक्त गर्न सफल भएको हो, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले रासससँग भन्नुभयो– “अपहरणमुक्त केडियालाई नेपाल ल्याउने काम भइरहेको छ । घटनाको विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर जानकारी गराइने उहाँले बताउनुभयो ।

केडिया अपहरणमुक्त भएको पुष्टि उनको पारिवारिक स्रोतले समेत गरेको छ । वीरगन्जका प्रतिष्ठित औद्योगिक घराना केडिया समूहका उद्योगी सुरेश केडिया बिहीबार साँझ बाराको वरियारपुरबाट अपहरणमा परेका थिए ।

उद्योगी केडियाले चढेको गाडीका चालकलाई अपहरणकारीले गोली प्रहार गरी उनलाई अपहरण गरेका थिए । काम विशेषले रौतहट गएको र त्यहाँबाट फर्किने क्रममा नम्बर नखुलेको भारतीय स्कार्पियो गाडीमा आएका अपहरणकारीको एक समूहले केडिया चढेको गाडीका चालकलाई गोली प्रहार गरी घाइते बनाएर उनलाई अपहरण गरेर भारततर्फ लगेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts