काठमाडौँ, १ जेठ । नेपाल भलिबल सङ्घको अध्यक्षमा मनोरञ्जनरमण शर्मा निर्वाचित हुनुभएको छ ।
शनिबार काठमाडौँमा भएको सङ्घको साताँै साधारणसभाबाट शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
शर्मासँगै २५ केन्द्रीय कार्यकमिटी सर्वसम्मत निर्वाचित गरिएको निवर्तमान सचिव टिएस ठकुरीले जानकारी गराउनुभयो ।
सभाबाट उपाध्यक्षहरुमा यामबहादुर गुरुङ, उपेन्द्रकुमार यादव, निरोज मास्के, ऐनबहादुर शाही र हर्कसिंह धामी निर्वाचित हुनुभएको छ ।
सङ्घको महासचिवमा भने पुनः जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ ।
त्यस्तै सात सचिवमा जगदीश भट्ट, श्यामकृष्ण श्रेष्ठ, मनवीर छन्त्याल, रामनाथ भण्डारी, भीम ओली, डम्बरबहादुर नेपाली र मदन खड्का निर्विरोध चयन हुनुभएको छ ।
कोषाध्यक्षमा सुनकेशरी माली निर्विरोध चयन भहुनुभयो । सङ्घको सदस्यमा गौतमप्रसाद लासिभा, गणेश ठगुन्ना, ज्योति केसी, राजकुमार गुरुङ, श्रीधर शर्मा, सोमबहादुर श्रेष्ठ, जुनु पुनमगर, दीपक जिएम, किशोरकुमार आचार्य र मोहम्मद फिरोज चयन हुनुभयो ।
नवनिर्वाचित कमिटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले प्रमाणपत्र वितरण गर्नुभयो ।
सङ्घका नवनिर्वाचित अध्यक्ष शर्माले खेलाडी उत्पादन नहुँदा भलिबलमा समस्या हुने अवस्था आएको बताउँदै आफ्नो पहिलो प्राथमिकता खेलाडी उत्पादन गर्ने जानकारी गराउनुभयो । रासस
No comments:
Post a Comment